Revelation 15:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको सेवक मोशाको गीत र थुमाको गीत उनीहरूले गाइरहेका थिए, “प्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका काम कति महान् र अचम्मका छन्। जाति-जातिका राजा, तपाईंका योजनाहरू ठीक र सत्य छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यसो भनेर परमेश्वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए, “हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका कार्य महान् र आश्चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्वरको सेवक मोशाको र थुमाको गीत गाए: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र अचम्मका छन्। राष्ट्रहरूका राजा, तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए। “परमप्रभु-परमेश्वर, सर्वशक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरुका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।
Nepali Tamang 2011
थेनीगदेसे चुह्रङ् भिसी परमेश्वरदा तेन्बा म्हि मोशादेन थार्बा पिन्बा ग्यु बोगोला व्हाइ गोबान मुबा, “परमप्रभु परमेश्वर ह्राङ जम्मान भन्दा घ्रेन हिन्ना, ह्राङला गे ल्हानान घ्रेनदेन उदेकला मुला, ओच्छे जम्बुलिङला जम्मान य्हुलला म्हिगदेथोरी सदन शासन लबा ग्ले ह्राङनोन हिन्ना, ह्राङसे लबा गेगदे सत्यदेन ठीक मुला।