Revelation 15:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले तपाईंको डर मान्‍नेछन्। तपाईंको महान्‌ताको घोषणा सबैले गर्नेछन्। तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिहरूले तपाईंकहाँ आएर मान-आदर गर्नेछन् किनभने अब तपाईंका ठीक विचार र न्‍यायहरू सबैले देखेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंको डर कसले मान्‍दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिले आएर तपाईंलाई दण्‍डवत्‌ गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंको नामको महिमा कसले गर्दैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै राष्ट्रहरू आएर तपाईंको सामु दण्डवत् गर्नेछन्; किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, समस्त मानिसहरु तपाईंसित भयभीत हुनेछन्। सबै मानिसहरुले तपाईंको नाउँको स्तुति गर्नेछन्। किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ। सम्पूर्ण मानिसहरु आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्, किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”
Nepali Tamang 2011
परमप्रभु ह्राङ म्राङ्सी आलोङ्‌बा म्‍हि खाल मुला? ओच्‍छे ह्राङदा मान लसी जयजयकार आलबा म्‍हि खाल मुला? तिग्‍दा भिसम ह्राङ जे जम्‍मान भन्‍दा चोखो मुला। जम्‍मान य्‍हुलला म्‍हिगदेसे ह्राङदा तेन्‍ना, तिग्‍दा भिसम ह्राङसे ठीक निसाफ लबा जम्‍मासेन म्राङ्बा मुला।”