Revelation 16:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सुन, म चोरजस्‍तो गरी आउनेछु। चङ्खो भएर बस्‍ने र आफ्‍ना लुगा जोगाएर राख्‍ने मानिस धन्‍य हो। यसरी त्‍यो मानिस नाङ्गो हिँड्‍नुपर्दैन अनि मान्‍छेहरूका बीच लाजमापर्नेछैन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर, म चोरजस्‍तै आउनेछु। त्‍यो धन्‍य हो, जो जागा रहन्‍छ र आफ्‍नो वस्‍त्रको रक्षा गर्छ। नत्रता त्‍यो नाङ्गै हिँड्‌नेछ, र त्‍यसको नग्‍नता देखिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।”
Nepali ERV (पवित्र बाइबल)
“सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरु आफूसित राख्छ। तब उ नाङ्गै हुने छैन अनि उसमा मानिसहरुले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”
Nepali Tamang 2011
“च्‍यागो, ङा य्‍हो खबा ह्रङ् लसी खालैदा था आयाङ्ना लसी खला। जुन म्‍हि छोर्सी चिसी ह्राङला क्‍वान ह्राङदेन छ्‌याम थान्‍ना थे परमेश्‍वरग्‍याम मोलम याङ्बा म्‍हि हिन्‍ना। थेह्रङ् लसी ह्राङला क्‍वान जोगब लसी थान्‍बा म्‍हि लिगन्‍डी भ्रआतोः। ओच्‍छे म्‍हिगदेला ङाच्‍छापट्टि पेःआतोः।”