Revelation 16:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यो ठूलो सहर तीन टुक्रा भयो र सबै देशका सहरहरू भत्‍केर नाश भए अनि परमेश्‍वरले त्‍यो ठूलो बेबिलोनलाई याद गर्नुभयो र उहाँको डरलाग्‍दो क्रोध त्‍यस सहरमाथि आइपर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्‍वंस-विध्‍वंस भए। परमेश्‍वरलाई महान्‌ बेबिलोनको याद आयो, र उहाँले आफ्‍नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्‍यसलाई पिउन दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो महान् सहर तीन भागमा टुक्रियो, र सबै राष्ट्रहरूका सहरहरू ध्वंस भए। परमेश्‍वरले महान् बेबिलोनलाई सम्झनुभयो, र त्यसलाई आफ्नो भयानक क्रोधको मद्यले भरिएको कचौरा पिउन दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरुका नगरहरु नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो।
Nepali Tamang 2011
जमाहेन्‍से थे घ्रेन बेबिलोन भिबा शहर भो सोम तसी फेजी, ओच्‍छे जम्‍मान य्‍हुल्‍साला शहरगदे नाश तजी। परमेश्‍वरसे थे घ्रेन शहर बेबिलोनला पाप ढन्‍जी, ओच्‍छे ह्राङला घ्रेन बोमोग्‍याम थे शहरदा सजाय पिन्‍जी।