Revelation 16:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि दोस्रो स्वर्गदूतले आफ्नो बटुको समुद्रमा खन्याए अनि समुद्रको पानी मरेको मानिसको रगतजस्तै भयो र समुद्रमा भएका सबै जीवित प्राणीहरू मरिहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोस्रो स्वर्गदूतले आफ्नो कचौरो समुद्रमा खन्याए, र त्यो मरेका मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, तब त्यो मरेको मानिसको रगतझैँ भइहाल्यो; अनि समुद्रमा भएका प्रत्येक जीवित प्राणीको मृत्यु भयो।
Nepali ERV (पवित्र बाइबल)
दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।
Nepali Tamang 2011
ओच्छे न्हीरेमला स्वर्गदूतसे ह्राङदेन छ्याम मुबा खोरे समुन्द्ररी ल्हूजी। ओच्छे समुन्द्रला क्युइ सिबा म्हिला का ह्रङ्बान दोजी। थेतबासेलमा समुन्द्ररी मुबा जम्मान छोन्बो जन्तुगदे सिजी।