Revelation 16:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मैले वेदीबाट यसो भनिरहेको एउटा सोर सुनें, “प्रभु परमेश्‍वर सर्वशक्तिमान्, साँच्‍चै तपाईंको न्‍याय ठीक र सत्‍य छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब वेदीले यसो भनिरहेको मैले सुनें, “हो, परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका इन्‍साफ सत्‍य र न्‍यायसङ्गत छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनेँ: “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्यायहरू सत्य र न्यायपूर्ण छन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि मैले वेदीले यसो भन्दै गरेको सुनें “हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।”
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ धूप म्राबा ग्‍लाग्‍याम चुह्रङ् भिबा थेःजी, “परमप्रभु परमेश्‍वर, ह्राङ जम्‍मान भन्‍दा घ्रेन परमेश्‍वर हिन्‍ना, ह्राङसे लबा निसाफ सत्‍यदेन ठीक मुला।”