Revelation 16:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घामको चर्को रापले मानिसहरूलाई डढाइदियो। यी दु:ख, विपत्तिहरू ल्‍याउन सक्‍नुहुने परमेश्‍वरको नाउँलाई उनीहरूले धिक्‍कारे तर तिनीहरूले आफ्‍ना पापहरूबाट पश्‍चात्ताप गरेनन् र परमेश्‍वरको महान्‌ताको मान-आदर पनि गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू प्रचण्‍ड तापले डढ़े, र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरका नाउँको निन्‍दा गरे। तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्‍कार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू प्रचण्ड तापले डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरलाई सरापे; तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरु प्रचण्ड तातोले डडे। ती मानिसहरुले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरु थिए। तर मानिसहरुले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।
Nepali Tamang 2011
मेला ह्रङ्‌बा धिनीला रापसे म्‍हिगदे क्रोजी, ओच्‍छे थे आपत विपतगदेदा तहरी थान्‍बा परमेश्‍वरदा म्‍हिगदेसे केःजी। तर थेनीगदे ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःसी परमेश्‍वरदा मानदेन जयजयकार आलनी।