Revelation 17:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात बटुका भएका सात स्वर्गदूतहरूमध्ये एउटाले मेरो छेउमा आएर भने, “आऊ र त्यो महा-वेश्याले कसरी सजाय पाउनेछे भनी म तिमीलाई देखाउनेछु। त्यस महा-वेश्या धेरै नदीहरूका छेउमा बनेको महानगर हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सात कचौरा लिने सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर मलाई भने, “यता आऊ, म तिमीलाई धेरै पानीहरूमा बसेकी त्यस महा वेश्यालाई दिइएको इन्साफ देखाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात वटा कचौराहरू भएका सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई भने, “आऊ, म तिमीलाई धेरै पानीहरूमाथि बस्ने महावेश्याको दण्ड देखाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
सातवटा कपहरु हुने स्वर्गदूतहरु मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महावेश्यालाई दिइनेछ। उ धेरै पानीमाथि बसेकी छ।
Nepali Tamang 2011
थे गोर निस खोरे थोबा गोर निस स्वर्गदूतगदे न्हङला गिक ङा मुबा ग्लारी खसी ङादा चुह्रङ् भिजी, “चुरी खउ, ङाइ एदा ल्हानान स्योङगदेला कुनीरी चिबा जम्मासेन ङोसेबा बेश्या म्रिङम्हेमेसे याङ्बा सजाय उन्ना। थे बेश्या म्रिङम्हेमे ल्हानान स्योङगदेला कुनीरी मुबा घ्रेन बेबिलोन शहर हिन्ना।