Revelation 17:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यो जनावर, जो पहिले जिउँदो थियो तर अब छैन, त्‍यो आठौँ राजा हो तापनि त्‍यो सातमध्‍ये पनि एक हो र त्‍यसको नाश हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो पशु, जो एक समय थियो, तर अब छैन, त्‍योचाहिँ आठौँ हो। सातमध्‍येको त्‍यो एक हो, तर त्‍यसको सर्वनाश हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो रातो पशु, जो एक समय थियो, र अहिले छैन, त्योचाहिँ आठौँ राजा हो। त्यो सातमध्येको एक जना हो, र त्यसको सर्वनाश हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरुकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ।
Nepali Tamang 2011
थे जन्‍तु ङाच्‍छा सोबान मुबा, तर दान्‍दे सिसी जिन्‍बा मुला। थे जन्‍तु चा भ्रेःरेमला ग्‍ले हिन्‍ना। थे जन्‍तुएनोन गोर निस ग्‍लेगदे न्‍हङला ग्‍ले गिक हिन्‍ना। तसैनोन थे नाश तला।