Revelation 17:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरू थुमाको विरोधमा लड्‍नेछन्, तर थुमाले आफ्‍ना बोलाइएका, छानिएका र विश्‍वासी भक्तहरू लिएर उनीहरूलाई जित्‍नुहुनेछ किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्‍वासयोग्‍य हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन्, तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ; किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ; अनि उहाँसित उहाँद्वारा बोलाइएका र चुनिएका विश्‍वासयोग्य अनुयायीहरू हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”
Nepali Tamang 2011
थेनीगदेसे थार्बा पिन्‍बा ग्‍यु बोगोला बिरोध लसी लडाइ लला। तर थार्बा पिन्‍बा ग्‍यु बोगोसे थेनीगदेथोरी ढाला। तिग्‍दा भिसम थे प्रभुगदेला प्रभु ओच्‍छे ग्‍लेगदेलाएनोन ग्‍ले हिन्‍ना। थेदेन छ्‌याम मुबागदे चा थेसे ङ्‌योइबागदेदेन धम्‍बागदे ओच्‍छे थेदा विश्‍वास लबागदे हिन्‍ना।”