Revelation 17:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लाएकी थिई र सुन, बहुमूल्‍य मणि र मोतीहरूका गहनाहरूले जिउभरि सिँगारिएकी थिई। त्‍यसले हातमा सुनको एउटा बटुका समाइरहेकी थिई। त्‍यो बटुकाचाहिँ त्‍यसको व्‍यभिचारका अनेक फोहोर र घिनलाग्‍दा कुराले भरिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस स्‍त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्‍यो सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्‍दा कुरा, अर्थात्‌ त्‍यसका व्‍यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्‍याला हातमा लिएकी थिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीले बैजनी र चहकिलो रातो वस्त्र पहिरेकी थिई; अनि सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई। त्यसले हातमा घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला पक्रिएकी थिई।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरुमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरु अनि त्यस स्त्रीको अशुद्ध यौन पापले भरिएको थियो।
Nepali Tamang 2011
थे म्रिङम्‍हेमेसे चा वाला वाला पिङगैदेन वाला क्‍वान क्‍वान्‍बा मुबा। ओच्‍छे म्‍हर, रत्‍नदेन मोतीगदे क्‍वान्‍सी ज्‍योबा मुबा। थेसे ह्राङला यारी म्‍हरला खोरे गिक थोबा मुबा। थे खोरे चा थेसे लबा नइबा तामदेन थे स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबा नइबा खबा तामगदेसे प्‍लिङ्बा मुबा।