Revelation 17:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरका भक्त र येशूका विश्वासी साक्षीहरूका रगत पिएर त्यो स्त्री मातेकी थिई। त्यसलाई देखेर म छक्क परें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले त्यस स्त्रीलाई सन्तहरूको रगतले अर्थात् येशूको गवाही दिनेहरूका रगतले मात्तिएकी देखेँ। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ।
Nepali ERV (पवित्र बाइबल)
मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरु अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरुको रगत पिएर मातेकी थिई। जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ।
Nepali Tamang 2011
ओच्छे ङाइ थे म्रिङम्हेमे परमेश्वरला म्हिगदेदेन येशूला लागिरी ह्राङला ज्याननोन पिन्बा म्हिगदेला का थुङ्सी ङ्य्होइबा म्राङ्जी। थे म्रिङम्हेमेदा म्राङ्सी ङा ल्हानान उदेक तजी।