Revelation 17:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो जनावर पहिले जिउँदो थियो तर अहिलेचाहिँ छैन। त्‍यो गहिरो भड्खालाबाट निस्‍कनेछ र नष्‍ट हुनेछ। संसारको सृष्‍टि पहिले जीवनको पुस्‍तकमा नाउँ नलेखिएका संसारका मानिसहरूले त्‍यो जनावर देखेर अचम्‍म मान्‍नेछन् किनभने त्‍यो जिउँदो थियो, अहिले मरेको छ। तर त्‍यो फेरि देखापर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले देखेको त्‍यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्‍डबाट त्‍यो माथि उक्‍लन लागेको छ। अनि पृथ्‍वीका बासिन्‍दाहरू, जसका नाउँ संसारको उत्‍पत्तिदेखि जीवनको पुस्‍तकमा लेखिएका छैनन्, तिनीहरू त्‍यस पशुलाई देखेर अचम्‍म मान्‍नेछन्, किनकि त्‍यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अहिले छैन, र विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाम नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्‍नेछन्; किनकि त्यो कुनै समय थियो, अब छैन, तर फेरि पछि आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरु, आश्चर्य चकित हुनेछन्। जब तिनीहरुले त्यो पशु देख्छन् तिनीहरु आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरु ती हुन् जसका नाउँहरु संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।
Nepali Tamang 2011
एसे म्राङ्बा थे जन्‍तु ङाच्‍छा मुबा, तर दान्‍दे आरे। सदनना लागिरी नाश तबारी थे ल्‍हानान नुप्‍बा व्‍हाङग्‍याम तोर खबारी छ्‌याइबा मुला। जम्‍बुलिङ छ्‌यामाहेन्‍से जुकजुकधोनाला जुनीला किताबरी मिन आभ्रिबा जम्‍बुलिङला म्‍हिगदे थे जन्‍तुदा म्राङ्सी उदेक म्‍हन्‍ना। तिग्‍दा भिसम थे जन्‍तु ङाच्‍छा मुबा, दान्‍दे सिसी जिन्‍बा मुला। तर थे दोःसी सोला।