Revelation 18:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले पनि तिनीहरूका सुन, चाँदी, रत्न, मोती, असल सुती कपडाका वस्तुहरू, बैजनी कपडा, रेशम, सिँदुरे रङ्गका कपडा, अनेक थरीका बिरलै पाइने काठ अनि सबै थरीका हात्तीका दाँतबाट बनेका वस्तुहरू, दामी काठ, काँसाका वस्तुहरू, फलाम र सिङ्गमरमर किन्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात् सुन, चाँदी, रत्न, मोती र मलमलका कपड़ाहरू, बैजनी कपड़ा, रेशम र चहकिलो रातो रङ्गका कपड़ाहरू, र सबै किसिमका सुगन्धित काठ, हरेक किसिमका हस्ति-हाड़का सामग्रीहरू, र हरेक बहुमूल्य काठका, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन, चाँदी, बहुमूल्य पत्थर र मोतीहरू, मसिनो मलमलको कपडा; बैजनी, रेशम र चहकिलो रातो रङ्गका कपडाहरू, हरेक किसिमका सुगन्धित काठ, र हरेक किसिमका हस्तीदन्तका सामग्रीहरू, बहुमूल्य काठ, काँसा, फलाम र संगमरमरका सामग्रीहरू,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरु सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बेजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत बहुमूल्य काठ, काँसा, फलाम अनि सङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरु बेच्छन्।
Nepali Tamang 2011
म्हर, म्हुइ, रत्न, मोतीदेन मलमलला क्वानगदे वाला वाला पिङगै छोनना क्वानगदे, रेशमला क्वानगदे, वाला क्वानगदे, जम्मान खाल्ला बास्ना खबा सिङ, हात्तीला स्वाग्याम स्होबा जम्मान स्हेगदे, ल्हानान महँगो जम्मान सिङ, काँसग्याम स्होबा स्हेगदे, फाइग्याम स्होबा स्हेगदे, ओच्छे सिङ्गमरमरग्याम स्होबा स्हेगदे,