Revelation 18:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो सहरको निम्ति कस्तो डरलाग्दो समय आयो!” यसले असल सुती कपडा, बैजनी र सिँन्दुरे रङ्गका वस्त्रहरू लगाउँथी अनि सुन, बहुमूल्य रत्न र मोतीको गहना लाउँथी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हाय! हाय! त्यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्त्र लगाएर सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र चिच्याउँदै यसो भन्नेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसले मसिनो मलमलको कपडा, बैजनी र चहकिलो रातो रङ्गको वस्त्र लगाएर सुनको चमक, बहुमूल्य पत्थर र मोतीहरू पहिरेकी थिई!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले भन्नेछन् ‘कष्ट! कष्ट महानगरलाई, उ मिहीन मलमल, बैजनी, अनि रातो बस्त्रको पहिरनमा थिई। उ सुन, रत्न अनि मोतीहरुद्वारा चम्किकरहेकी थिई!
Nepali Tamang 2011
“अम्मै गाते आज्यबा ताम, मलमलला क्वान, वाला वाला पिङगैदेन वाला क्वान क्वान्बा ओच्छे म्हरदेन रत्न ओच्छे मोतीगदे क्वान्सी ज्योबा मुबा।