Revelation 18:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले टाउकोमा माटो फ्‍याँकी यसो भनेर अझ विलाप गर्दै कराए, “यो सहरमा कस्‍तो आपत् आइलाग्‍यो। यो सहरका धन-सम्‍पत्तिबाट जहाजका मालिकहरू धनी भएका थिए। तर एकै घण्‍टामा त्‍यसका सबै कुरा नष्‍ट भए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले आ-आफ्‍ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए, “हाय! हाय! त्‍यो महानगरी जहाँ समुद्रमा जहाज हुने सबै जना त्‍यसको सम्‍पत्तिद्वारा धनी भएका थिए। एकै छिनमा त्‍यो नष्‍ट भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो हाल्नेछन्, र रुवाइ र विलापकासाथ यसरी कराउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसका समुद्रमा जहाज भएकाहरू त्यस स्त्रीको धनले धनी भएका छन्! एकै घण्टामा त्यो भस्म भएकी छे!’
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले आफ्ना शिरमा धूलो हाले। तिनीहरुले विलाप गरे अनि अफसोस गरे। दिनीहरुले ठूलो आवजमा भने ‘कष्ट! महानगरको निम्ति कति कष्ट! सबै मानिसहरु जसका समुद्रमा जहाजहरु थिए, उसको सम्पत्तिद्वारा धनवान भए। तर घण्टा भरमा त्यसको ध्वंस भयो।
Nepali Tamang 2011
थेनीगदेसे ह्राङ ह्राङला थोबोरी धुलु युसी चुह्रङ् भिबान क्रिङ्‌जी, “अम्‍मै गाते आज्‍यबा ताम, थेरी मुबा धन सम्‍पत्तिग्‍याम पानी जहाजला धनीगदे फ्‍युक्‍पो दोबा मुबा। तर थे शहर छिन्‍नङरीन क्रोसी नाश तजी।