Revelation 18:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जोडले यसो भनेर कराए, “ध्वंश भयो! त्यो ठूलो बेबिलोन ध्वंश भयो! अब शैतानका भूतहरू र अशुद्ध आत्माहरू र अनेक घिनलाग्दा र फोहोरी पक्षी त्यहाँ बस्छन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले ठूलो सोरमा यसो भनेर कराए: “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ; अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूत जोडले करायो “उसको संहार भयो। बेबिलोन महानगर संहार भयो! उ अशुद्ध आत्माको बासस्थान बनियो उ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। उ सबै किसिमका अस्वच्छ पंक्षीहरु बस्ने नगर बनियो। उ हरेक अस्वच्छ औ घृणित पशुहरुको नगर बनियो।
Nepali Tamang 2011
थे स्वर्गदूतसे घ्रेन काइरी चुह्रङ् भिसी भिजी, “थे शहर नाश तजी! थे घ्रेन शहर बेबिलोन नाश तजी, थे घ्रेन शहर शैतानदेन थेला दूतगदे चिबा दिम दोबा मुला, ओच्छे जम्मान नइबा आत्मागदेदेन चरागदे चिबा ग्ला दोजी।