Revelation 18:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे स्वर्गमा भएका सबै, त्यो नाश भएकोमा रमाहट गर। परमेश्वरका भक्तहरू, प्रेरित र अगमवक्ताहरू सबै रमाओ किनभने त्यसले तिमीलाई जे गरी, त्यसको निम्ति परमेश्वरले त्यसलाई दण्ड दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे स्वर्ग, त्यसको इन्साफमा रमाओ! हे सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे स्वर्ग, त्यसमाथि रमाओ! हे परमेश्वरका जनहरू, प्रेरितहरू र अगमवक्ताहरू हो, रमाओ! तिमीहरूसित त्यसले जस्तो व्यवहार गरेकी थिई, त्यसरी नै परमेश्वरले त्यसको न्याय गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ खुशी बन, परमेश्वरका पवित्र मानिसहरु प्रेरितहरु अनि अगमवक्ताहरु। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।”
Nepali Tamang 2011
स्वर्गरी मुबागदे, थे नाश तबासे लमा एनीगदे ताङ्गो! परमेश्वरला म्हिगदे, मुल चेलागदेदेन अगमवक्तागदे, एनीगदे जम्मान ताङ्गो। तिग्दा भिसम थेसे एनीगदेदा अन्याय लबासे लमा परमेश्वरसे थेदा सजाय पिन्बा मुला।”