Revelation 18:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वीणा, बाँसुरी र तुरही बजाउनेको आवाज र गीत गाउनेहरूको सोर अबदेखि तँमा सुनिनेछैन र कुनै काम-धन्दामा लागेका मानिसहरू तँमा पाइनेछैन। जाँतो पिँधेको आवाज त्यहाँ हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूका धुन तँमा कहिल्यै सुनिनेछैन। र कुनै पनि शिल्पको शिल्पकार तँमा कहिल्यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत तँमा फेरि कहिल्यै सुनिनेछैन। तँमा फेरि कुनै व्यापारको शिल्पकार कहिल्यै पाइनेछैन। तँमा फेरि जाँतोको आवाज कहिल्यै सुनिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
वीणा अनि अरु वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरुबाट कहिल्यै मानव संगीत सुनिनेछैन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन।
Nepali Tamang 2011
थेरी वीणादेन बाँसुरी ओच्छे बिगुलदेन व्हाइ गोबागदेला काइ थेःआम्याङ्। थेरी जम्मान खाल्ला बुट्टा स्हेङ्बा म्हिगदेएनोन खाइमै आस्याप। ओच्छे थेरी ह्रान्दा ङ्यबाएनोन खाइमै थेःआम्याङ्।