Revelation 18:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बत्तीको उज्‍यालो अबदेखि तँमा चम्‍कनेछैन र दुलहा-दुलहीका सोर तँमा सुनिनेछैन। पृथ्‍वी भरिका व्‍यापारीहरूमा तेरा व्‍यापारीहरू सबैभन्दा धनी थिए र तेरा सबै झूटा जादूगरीले तैँले संसारका सबै मानिसहरूलाई छक्याइस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बत्तीको उज्‍यालो तँमा कहिल्‍यै चम्‍कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्‍यै सुनिनेछैन। किनकि तेरा व्‍यापारीहरू पृथ्‍वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्‍त्रतन्‍त्रले जाति-जातिहरू ठगिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तेरोमा बतीको ज्योति फेरि कहिल्यै चम्कनै छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरु संसारका महामानवहरु थिए, समस्त राष्ट्रहरु तेरो जादू-टुना मुनाले छलिएका थिए।
Nepali Tamang 2011
थेरी खाइमै नाङसल आम्रा। ओच्‍छे थेरी म्‍हाछारदेन चाङछारला काइएनोन खाइमै थेःआम्‍याङ्। तिग्‍दा भिसम एला व्‍यापारीगदे जम्‍बुलिङला घ्रेन घ्रेन म्‍हिगदे मुबा। ओच्‍छे एला तन्‍त्रमन्‍त्रसे य्‍हुल य्‍हुलला म्‍हिगदेदा ठगब लबा मुबा।