Revelation 18:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सबै जातिहरू त्‍यसको व्‍यभिचारले जाँड पिएर मातेझैँ मातेका छन्। संसारका राजाहरूले त्‍योसित गएर व्‍यभिचार गरे र त्‍यसको नमेटिने अभिलाषा तृष्‍णाले संसारका व्‍यापारीहरू औधी धनी भए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सबै जातिहरूले त्‍यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्‍वीका राजाहरूले त्‍यससँग व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको विलासिताको प्रभावले धनी भएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सबै राष्ट्रहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएर मातेका छन्। पृथ्वीका राजाहरूले त्यससित व्यभिचार गरेका छन्; अनि पृथ्वीका व्यापारीहरू त्यसको अत्याधिक विलासिताको प्रभावले धनी भएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीका समस्त राष्ट्रहरुले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरुले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरु उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”
Nepali Tamang 2011
तिग्‍दा भिसम स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबा थेला आज्‍यबा गेसे लमा जम्‍मान य्‍हुलला म्‍हिगदे अङगुरला निङगुसे ङ्‌य्‍होइबा ह्रङ्नोन तबा मुला। ओच्‍छे जम्‍बुलिङला ग्‍लेगदे थेदेन छ्‌याम ब्रेल्‍बा मुला, थेला थेह्रङ्बा ब्रेल्‍सी भ्रबा सेमसे लमा जम्‍बुलिङला व्‍यापारीगदे फ्‍युक्‍पो दोबा मुला।”