Revelation 18:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि आकाशबाट यसो भन्ने अर्को एउटा सोर मैले सुनें, “हे मेरा मानिसहरू हो! त्यसदेखि अलग होओ। त्यसको पापमा सहभागी नहोओ। त्यसको सजाय तिमीहरूमाथि नपरोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: “ ‘हे मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ,’ ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्; अनि तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्;
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने “मेरा मानिसहरु, त्यस नगरबाट बाहिर निस्क जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्ने छैनौ।
Nepali Tamang 2011
जमाहेन्से ङाइ स्वर्गग्याम चुह्रङ् भिबान लबा अर्गु काइ थेःजी, “ङाला म्हिगदे, एनीगदे थे ग्लाग्याम थोन्सी खउ। आहिन्सम थेसे लबा पापरी एनीगदेएनोन परब तला, ओच्छे थेसे याङ्बा सजाय एनीगदेसेनोन नातोःला।