Revelation 18:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले जति मान-सम्मानता, ऐश-आराम गरेकी थिई, त्यत्ति नै कष्ट र शोक त्यसलाई देओ किनभने त्यसले मनमनै भन्छे, ‘म त महारानी भएर यहाँ बस्छु। म विधवा होइनँ। मलाई शोकपर्नेछैन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्यत्तिकै त्यसलाई यातना र शोक देओ। किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो आफूले जति महिमा र भोग-विलास लुटी, त्यत्तिकै यातना र सन्ताप त्यसलाई देओ। आफ्नो हृदयमा त्यसले यसरी घमण्ड गर्छे, ‘म रानीझैँ बसेकी छु; म विधवा होइनँ, र म कहिल्यै शोक गर्नेछैनँ।’
Nepali ERV (पवित्र बाइबल)
त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई। उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ। उ आफैले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ। म विधुवा होइन, मैले कहिल्यै दुख अनुभव गरिन।’
Nepali Tamang 2011
थेसे मोजमजा लसी जति मान याङ्बा मुला, ओतेन थेदा दुखदेन सुर्दा पिन्गो। तिग्दा भिसम थेसे घमण्ड लसी सेम न्हङ न्हङरी चुह्रङ् भिसी पाङ्मुला। ‘ङा ग्लेस्या दोसी चिबा मुला, ङा ह्रेम्बो सिबा म्रिङम्हेमे आहिन। थेतबासेलमा ङाइ खाइमै सुर्दा लआतोः।’