Revelation 18:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो सहरलाई डढाउने आगोको धुवाँ देख्‍दा त्‍योसँग व्‍यभिचार गर्ने संसारका राजाहरूले त्‍यसको निम्‍ति विलाप गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यससँग व्‍यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्‍वीका राजाहरू त्‍यो जलेको धूवाँ देखेर त्‍यसको निम्‍ति रुनेछन्‌ र बिलौना गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब त्यससित व्यभिचार गर्ने र त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दैगरेको धुवाँ देख्नेछन्, तब तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।
Nepali Tamang 2011
थेदेन छ्‌याम ब्रेल्‍बादेन मोजमजा लसी चिबा जम्‍बुलिङला ग्‍लेगदे थेदा क्रोबा मेला म्‍युगु म्राङ्सी क्राबा क्रिङ्‌बा लला।