Revelation 19:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती स्‍वर्गदूतलाई आदर गर्न म उनको अघि झुकें, तर उनले मलाई भने, “यसो नगर।” मचाहिँ तिमी, तिम्रा भाइहरूसित र येशूको साँचो वचन मान्‍ने सबैसित काम गर्ने परमेश्‍वरको सेवक मात्र हुँ। परमेश्‍वरलाई मात्र पुज।” किनभने प्रभु येशू ख्रीष्‍टले प्रकट गर्नुभएको सत्‍यले नै अगमवक्तालाई प्रेरणा दिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनलाई दण्‍डवत्‌ गर्न म तिनको पाउमा घोप्‍टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्‍ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर! किनकि येशूको गवाही अगमवाणीको आत्‍मा हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्‍वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरु जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”
Nepali Tamang 2011
जमाहेन्‍से थेला काङरी फ्‍या लबाला लागिरी ङा ख्‍लुप तजी। तर थेसे ङादा चुह्रङ् भिसी भिजी, “एसे ङादा फ्‍या लबारी आत। ङा चा एदेन एला ह्रोगदेदेन छ्‌याम ओच्‍छे येशूला सत्‍य बचन ङ्‌यान्‍बा म्‍हिगदे जम्‍मानदेन छ्‌याम परमेश्‍वरला गे लबा म्‍हि जे हिन्‍ना। थेतबासेलमा परमेश्‍वरदा जे फ्‍या लउ। तिग्‍दा भिसम अगमवक्तासे पाङ्‌बाएनोन येशूला बारेरी पाङ्बा सत्‍य बचन हिन्‍ना।