Revelation 19:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मैले स्वर्ग खोलिएको देखें र एउटा सेतो घोडा देखें। त्यो घोडामाथि सवारी हुनेको नाउँ ‘विश्वासिलो र सत्य’ रहेछ। उहाँले ठीकसित न्याय गर्नुहुन्छ र लडाइँ गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँई लडाउँछन्।
Nepali Tamang 2011
ङाइ स्वर्ग ठोङ्बा म्राङ्जी, च्यागो, थेरी तार ता गिक मुबा। थे ताथोरी क्रेःसी निबा म्हिला मिन चा विश्वास लखम्बादेन सत्य मुबा। थेसे लबा निसाफदेन लडाइ ठीक मुला।