Revelation 19:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका आँखा आगोको ज्‍वालाजस्‍ता रहेछन् र उहाँका टाउकोमा धेरै मुकुट थिए। उहाँको एउटा नाउँ लेखिएको थियो तर त्‍यो नाउँ उहाँलाई मात्र थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन।
Nepali ERV (पवित्र बाइबल)
तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरु छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन।
Nepali Tamang 2011
थेला मी मेला ल्‍हाम ह्रङ्‌बान मुबा, ओच्‍छे थेला थोबोरी ल्‍हानान मुकुट कूबा मुबा। थेला ङोरी मिन गिक भ्रिबा मुबा, थे मिन थेदा बाहेक स्‍य्‍हान्‍दो खालैदान था आरेबा।