Revelation 19:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको मुखबाट एउटा धारिलो तरवार निस्‍केको थियो। त्‍यो तरवार लिएर उहाँले जाति-जातिलाई जित्‍नुहुनेछ। उहाँले उनीहरूमाथि कडा शासन गर्नुहुनेछ र कोलमा दाख कुल्‍ची रस निकालेझैँ उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको कोलमा तिनीहरूलाई कुल्‍चनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्‍कन्‍छ, र उहाँले फलामको डन्‍डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका क्रोधको दाख-कुण्‍ड उहाँले कुल्‍चनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राष्ट्रहरूलाई प्रहार गर्न उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।” उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।
Nepali Tamang 2011
थेला सुङग्‍याम छ्‌यार्बा तरवार थोन्‍जी, ओच्‍छे थेसे थे तरवार थोसी य्‍हुल य्‍हुलला म्‍हिगदेथोरी ढाला। थेसे फाइला कडी थोसी थेनीगदेथोरी शासन लला। ओच्‍छे कोलरी अङगुर नाङ्सी म्‍हर्बा ह्रङ् लसी थेसे जम्‍मान भन्‍दा घ्रेन परमेश्‍वरला घ्रेन बोमोसे नाङ्सी थेनीगदेदा म्‍हर्ला।