Revelation 19:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका न्‍याय ठीक-ठीक र सत्‍य छन्। आफ्‍ना व्‍यभिचारले सारा पृथ्‍वीलाई बिगार्ने त्‍यो वेश्‍यालाई उहाँले ठीक सजाय दिनुभएको छ। उहाँले आफ्‍ना सेवकहरूको रगतको बदला त्‍यसैमाथि लिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँका इन्‍साफ सत्‍य र न्‍यायसङ्गत छन्‌। सारा पृथ्‍वीलाई आफ्‍नो व्‍यभिचारले भ्रष्‍ट पार्ने त्‍यस महा वेश्‍यालाई उहाँले दण्‍ड दिनुभएको छ, र उहाँका दासहरूका रगतको बदला लिइसक्‍नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्‍ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। अनि परमेश्‍वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
किनभने उहाँको न्याय सत्य अनि सही छ। हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो। उ नै हो जसले आफ्नो व्यभिचार द्वारा पृथ्वीलाई भ्रष्ट पारी परमेश्वरले वेश्यालाई दण्ड दिनुभयो, आफ्ना सेवकहरुको रगतको बदला लिए।”
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरसे लबा निसाफ सत्‍यदेन ठीक मुला। स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी जम्‍बुलिङ नाङलान म्‍हिगदेदा न्‍होङ्ना लबा थे घ्रेन बेश्‍यादा परमेश्‍वरसे निसाफ लबा मुला। ओच्‍छे ह्राङला गे लबागदेदा साइबासे लमा परमेश्‍वरसे थेदा सजाय पिन्‍जी।”