Revelation 19:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती चौबीस धर्म-गुरु र ती चार जीवित प्राणीहरूले सिंहासनमा विराजमान् हुनुभएका परमेश्‍वरलाई दण्‍डवत् गरे अनि यसो भनेर उहाँको जयजयकार गरे, “आमेन। परमेश्‍वरको प्रशंसा होस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्‍टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्‍वरलाई यसो भनेर दण्‍डवत्‌ गरे, “आमेन, हल्‍लेलूयाह!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्‍नुहुने परमेश्‍वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्‍लेलूयाह!”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि चौबीस धर्मगुरुहरु अनि चार जीवित जीवातहरु निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै “आमिन, हल्लेलूयाह!”
Nepali Tamang 2011
ओच्‍छे थे बोगल गिकसे ब्‍लि गन्‍बागदेदेन थे गोर ब्‍लि छोन्‍बो जन्‍तुगदेसे ठिरी धन्‍छ्‌याबा परमेश्‍वरदा फ्‍या लबान जयजयकार लजी। ओच्‍छे थेनीगदेसे क्रिङ्‌बान चुह्रङ् भिजी। “आमेन!, परमेश्‍वरदा जयजयकार तगै!”