Revelation 19:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मानिसको ठूलो घुइँचोको सोर वा पानीको छाँगाको आवाज जस्तो र बादलमा गड्याङ-गुडुङको गर्जनजस्तो आवाजले यसो भनेको मैले सुनें: “परमेश्वरको प्रशंसा होस्! हाम्रा प्रभु सर्वशक्तिमान् परमेश्वर महाराजा हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले राज्य गर्नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले ठूलो भीडले गरेको आवाज जस्तै, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै यसो भन्दै गरेको सुने “हल्लेलूयाह। हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ माहाशक्तिशाली हुनुहुन्छ।
Nepali Tamang 2011
जमाहेन्से ङाइ म्हिला घ्रेन हुलला काइदेन छाँगाग्याम ताइबा क्युइला आवाज ओच्छे घ्रेन मु गुडुङ्बा ह्रङ्बान आवाजरी चुह्रङ् भिबा थेःजी, “परमेश्वरदा जयजयकार तगै! तिग्दा भिसम जम्मान भन्दा घ्रेन परमप्रभु य्हाङला परमेश्वरसे शासन लबा मुला।