Revelation 19:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि स्‍वर्गदूतले मलाई यसो भनेर अह्राए, “यो कुरा लेख: थुमाको विवाहको भोजमा बोलाइएका सबै धन्‍य हुन्।” तब स्‍वर्गदूतले फेरि भने, “यी कुरा परमेश्‍वरले भन्‍नुभएका साँचा वचन हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ती स्‍वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्‍त्रणा पाउनेहरू धन्‍यका हुन्‌।” तिनले फेरि मलाई भने, “परमेश्‍वरका सत्‍य वचनहरू यी नै हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्‍वरका सत्य वचनहरू हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरु जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रण गरियो। तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”
Nepali Tamang 2011
ओच्‍छे थे स्‍वर्गदूतसे ङादा “एसे चु ताम भ्रिउ, थार्बा पिन्‍बा ग्‍यु बोगोला ब्‍याहला भोजरी निम्‍तो याङ्बा म्‍हिगदे चा परमेश्‍वरग्‍याम मोलम याङ्बा म्‍हिगदे हिन्‍ना” भिसी भिजी। थेसे दोःसी ङादा “परमेश्‍वरला सत्‍य बचनगदे चुनोन हिन्‍ना” भिसी भिजी।