Revelation 2:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई पर्न आँटेको कुनै सङ्कटबाट नडराऊ। तिम्रो विश्वास जाँच्न शैतानले तिमीहरूमध्ये कसै-कसैलाई झ्यालखानमा हालिदिनेछ। तर तिम्रो कष्ट दश दिनसम्म मात्रै हुनेछ। मर्नुपरे पनि ममाथि विश्वास गर्न नछोड र म तिमीलाई विजयको इनामको रूपमा जीवन दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले भोग्नै लागेका कष्टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले भोग्न लागेका कष्टहरूसित नडराओ। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नलाई कैदमा लैजानेछ; अनि तिमीहरूले दश दिनसम्म सतावट भोग्नेछौ। मृत्युसम्मै विश्वासी होओ, र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले पाउने कष्टहरुमा भयभीत नबन। म तिमीहरुलाई भन्दछु, शैतानले तिमीहरु मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरुले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरुले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरु विश्वासी रह्यौ भने, म तिमीहरुलाई जीवनको मुकुट प्रदान गर्नेछु।
Nepali Tamang 2011
एनीगदेथोरी खबारी छ्याइबा दुख म्राङ्सी थालोङ्गो। च्यागो, एला विश्वास च्याबाला लागिरी शैतानसे एनीगदे न्हङला कोइ कोइदा झ्याल्खानरी झाङ्ला। तर एसे च्युइरे जे दुख नातोःला। ए सिनोन तोःसै ङादा विश्वास लबा थाख्लागो। ओच्छे ङाइ एदा जुकजुकधोनाला जुनी याङ्बा इनाम पिन्ना।