Revelation 2:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू शैतानको सिंहासन भएको ठाउँमा बास बस्छौ भन्ने कुरा मलाई थाहा छ। तिमीहरू मप्रति भक्त रहेका छौ र ममाथि विश्वास गर्न छोडेका छैनौ भन्ने म जान्दछु। मेरो विश्वासी साक्षी एन्टिपासलाई शैतानको वासस्थानमा मारिएको बेलामा पनि तिमीहरूले विश्वास छोडेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई थाहा छ, तिमी कहाँ बस्छौ, त्यहीँ जहाँ शैतानको सिंहासन छ। तरै पनि तिमीहरू मेरो नाउँमा स्थिर बस्छौ। मेरो विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि ममाथिको आफ्नो विश्वास तिमीहरूले त्यागेनौ। शैतान बस्ने ठाउँमा तिमीहरूकै माझमा तिनी मारिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जान्दछु तिमी कहाँ बस्छौ, त्यहीँ नै जहाँ शैतानको आफ्नो सिंहासन छ। तरै पनि तिमी मेरो नामको निम्ति विश्वासयोग्य भइरह्यौ। तिमीले म प्रतिको तिम्रो विश्वासलाई, मेरो विश्वासयोग्य साक्षी, एन्टिपासको समयमा पनि त्यागेनौ, जुन शैतान बस्ने तिमीहरूको सहरमा मारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मलाई थाहा छ तिमीहरु कहाँ बस्छौ। तिमीहरु त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरु म प्रति विश्वासी छौ। तिमीहरुले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरुको नगरमा मारियो। तिमीहरुको नगर त्याही हो जहाँ शैतान बस्छ।
Nepali Tamang 2011
ए शैतानना ठि मुबा ग्लारी चिमुला भिबा ताम ङादा था मुला। तसैनोन एसे ङादा विश्वास लसीन चिबा मुला, ओच्छे विश्वासरी कोङ्बा तसी चिबा ङाइ विश्वास लखम्बा एन्टिपासदा शैतानसे शासन लबा ग्लारी एनीगदेलान ङाच्छा साइबा मुबा। थे धुइरीनोन एसे विश्वास लबा आख्लानी भिबा तामएनोन ङादा था मुला।