Revelation 2:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पनि तिम्रो विरोधमा मैले केही कुरा भन्नु नै पर्छ। तिमीहरूका बीचमा कोही-कोही बालामको शिक्षा मान्नेहरू छन्। मूर्तिहरूलाई चढाइएको कुरा खाई अनि व्यभिचार गरी इस्राएलीहरूलाई पापमा फसाउन बालामले बालाक राजालाई सिकाएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमीहरूसँग यस्ता कोही-कोही छन्, जसले बालामको शिक्षा मान्छन्। इस्राएलीहरूका अगाडि ठोकरको कारण बनून् भनी मूर्तिहरूलाई चढ़ाएको भोजन खान र व्यभिचार गर्न बालामले बालाकलाई सिकाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि तिम्रो विरुद्धमा मसित केही कुराहरू छन्: तिमीहरूसँग कोही यस्ता छन्, जसले बालामका शिक्षा मान्दछन्, जसले बालाकद्वारा इस्राएलीहरूलाई पाप गर्न उक्साए, जसले गर्दा तिनीहरूले मूर्तिहरूलाई चढाएको भोजन खाए, र व्यभिचार गरे।
Nepali ERV (पवित्र बाइबल)
“तर तिमीहरुका विरुद्ध मेरा केही कुराहरु छन् तिमीहरुको समुदायमा केही मानिसहरु छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरुलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालकलाई सिकाए।
Nepali Tamang 2011
तर एला बिरोधरी ङाइ पाङ्तोःबा तिगै ताम मुला। तिग्दा भिसम एदेन छ्याम कोइ कोइ बालामसे लोप्बा ताम अन्छार भ्रबा म्हिगदेएनोन मुला। थेसे इस्राएलीगदेदा पापरी फसब लबाला लागिरी मूर्तिदा फुल्बा स्हेगदे चबारीदेन स्य्हान्दोदेन छ्याम ब्रेल्सी भ्रबारी तला भिसी बालाक ग्लेदा लोप्मुबा।