Revelation 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“थिआटीरामा भएको मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “आगोजस्‍तो बल्‍ने आँखा र खारेर टल्‍कने पित्तलजस्‍तो चम्‍कने पाउ भएका परमेश्‍वरका पुत्रले यसो भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि थिआटीराको मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरको पुत्रले भन्‍दछ, जसका आँखा आगोका ज्‍वालाजस्‍ता, जसका पाउ टल्‍काइराखेको काँसाजस्‍ता छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“थिआटीरामा भएको मण्डलीका दूतलाई लेख: यी परमेश्‍वरका पुत्रका वचनहरू हुन्, जसका आँखा आगोका ज्वालाझैँ, र जसका पाउहरू टल्काइराखेको काँसझैँ छन्।
Nepali ERV (पवित्र बाइबल)
“थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख “परमेश्वरका पुत्रले यी कुराहरु भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरुलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ
Nepali Tamang 2011
थिआटीरारी मुबा मण्‍डलीदा च्‍याबा म्‍हिदा चु ताम भ्रिउ। चु ताम मेला ल्‍हाम ह्रङ्‌बा मी मुबा ओच्‍छे झक्‍झक्‍बा काँस ह्रङ्‌बान स्‍य्‍हाप मुबा परमेश्‍वरला झासे सुङ्बा मुला।