Revelation 2:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू के-के गर्छौ, मलाई थाहा छ। तिमीहरूले गरेको प्रेम, विश्वास, सेवा र स्थिर भएर बसेको कुरा म सबै जान्दछु। पहिलेभन्दा तिमीहरू अहिलेचाहिँ धेरै सेवा गर्छौ भन्ने पनि मलाई याद छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्ला काम अघिल्लाभन्दा बढ़ी छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा कामहरू, तिम्रो प्रेम र विश्वास, तिम्रो सेवा र लगनशीलता; अनि मलाई यो पनि थाहा छ, कि तिमीले पहिलेभन्दा अहिले बढी काम गर्दैछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले के गरेका छौ मलाई थाहा छ। म तिमीहरुको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरुले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गदैंछौ।
Nepali Tamang 2011
एसे तिग तिग लमुला थे ङादा था मुला। एसे लबा माया, एसे लबा विश्वास, एसे लबा गेदेन नाबा जम्मान ताम ङादा था मुला। ओच्छे एसे ङाच्छा भन्दा दान्दे ल्हानान गे लमुला भिबाएनोन ङादा था मुला।