Revelation 2:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिम्रो विरोधमा मैले एउटा कुरा भन्‍नु नै पर्छ, त्‍यो ईजेबेल भन्‍ने स्‍त्रीलाई तिमीहरूले ठाउँ दिन्‍छौ। त्‍यसले म अगमवादिनी हुँ भन्‍छे र आफ्‍नो शिक्षाले मेरो सेवा गर्ने मानिसहरूलाई भर्माएर व्‍यभिचार गर्न र मूर्तिलाई चढाइएका कुरा खान सिकाउँछे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिम्रो विरुद्धमा मैले यो भन्‍नु छ: तिमी ईजेबेल भन्‍ने स्‍त्रीलाई सहन गर्छौ। त्‍यसले आफैलाई अगमवादिनी भन्‍छे, र मेरा सेवकहरूलाई व्‍यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई अगमवादिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्‍याउँछे।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरु विरुद्ध मसंग यो कुरा छ तिमीहरुले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की उ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरुलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरुलाई यौन पाप गर्न अनि मूर्तिहरु अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे।
Nepali Tamang 2011
तर एला बिरोधरी ङाइ पाङ्तोःबा तामएनोन मुला। एसे ह्राङसे ह्राङदान अगमवक्तास्‍या हिन्‍ना भिसी भ्रबा इजेबेल भिबा म्रिङम्‍हेमेदा थेसे म्‍हन्‍बा अन्‍छार लपुङ्‌जी। थेसे ङाला गे लबा म्‍हिगदेदा स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबारीदेन मूर्तिदा फुल्‍बा स्‍हेगदे चबारी तला भिसी लोप्‍मुला। चुह्रङ् लसी थेसे थेनीगदेदा फसब लबा मुला।