Revelation 2:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई पछ्याउने सबैलाई म खतम पार्नेछु अनि सबैका हृदयको मनसाय र चाहना देख्ने र जान्ने मै हुँ भनेर सबै मण्डलीहरूले बुझ्नेछन्। म तिमीहरू सबैलाई आफ्नो-आफ्नो कामअनुसार इनाम दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यसका छोरा-छोरीहरूलाई मार्नेछु। र सबै मण्डलीहरूले थाहा पाउनेछन्, कि म उही हुँ, जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा नाश पारिदिनेछु। तब सबै मण्डलीहरूले जान्नेछन्, कि हृदय र मनको खोजी गर्ने म नै हुँ; अनि मैले नै तिमीहरू हरेकलाई आफ्ना कामअनुसारको प्रतिफल दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म उसको छोरा-छोरीहरुलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरुले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरुका मन अनि हृदय जान्दछ। अनि म तिमीहरुको कर्म अनुसार दिनेछु।
Nepali Tamang 2011
ङाइ थेला ताम ङ्यान्सी भ्रबागदे जम्मादान नाश लला। ओच्छे जम्मान मण्डलीगदेसे जम्मालान सेमला तामदेन म्हन्बा ताम म्राङ्बादेन था याङ्बा ङा थेनोन हिन्ना भिसी था याङ्ला। ङाइ एनीगदे जम्मादान ह्राङ ह्राङला गे अन्छारला इनाम पिन्ना।