Revelation 2:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरूमाथि एउटा फलामको डण्डाले शासन गर्नेछौ र तिनीहरूलाई माटाको भाँडाझैँ चकनाचुर पार्नेछौ। मैले पिताबाट पाएको यो अधिकार म तिमीहरूलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र फलामको डन्डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’
Nepali ERV (पवित्र बाइबल)
‘उसले तिनीहरुमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरु जस्तै टुक्रा-टुक्रा पार्नेछ।’ भजनसंग्रह 29
Nepali Tamang 2011
जमाहेन्से थेसे फाइला कडी थोसी थेनीगदेथोरी शासन लला। ओच्छे साप्राला ताङ थिबा ह्रङ् लसी थेनीगदेला शक्ति नाश तला।