Revelation 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई तिम्रो दु:ख-कष्‍ट थाहा छ, तिमी गरीब छौ भनेर पनि जान्‍दछु, तर वास्तवमा तिमी धनी छौ! यहूदी हौं भनी बहाना गर्नेहरूले तिम्रा विरुद्धमा गरेका नराम्रा कुरा मलाई थाहा छ, तिनीहरू शैतानका गुठका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिम्रा कष्‍टहरू र तिम्रो दरिद्रतालाई जान्‍दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्‍दछु, जसले आफूलाई यहूदी हौं त भन्‍छन्, तर वास्‍तवमा तिनीहरू होइनन्‌। तिनीहरूले गरेका निन्‍दा म जान्‍दछु। तिनीहरू शैतानको सभाघर हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई तिमीहरूको पीडा र दरिद्रता थाहा छ; तरै पनि तिमीहरू त धनी छौ! मलाई तिनीहरूले गरेको निन्दा थाहा छ, जो आफैँलाई यहूदीहरू हौँ भनी भन्छन्, तर होइनन्, तिनीहरू त शैतानका सभा हुन्।
Nepali ERV (पवित्र बाइबल)
मलाई तिमीहरुको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरु निर्धन छौ। तर वास्तवमा तिमीहरु धनवान् छौ। कोही मानिसहरुले तिमीहरुको विरोधमा भनेको नराम्रा कुराहरु मलाई थाहा छ। तितीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरु साँचो यहूदीहरु होइनन्। तिनीहरु शैतानको सभा-घर हुन्।
Nepali Tamang 2011
एसे गाते दुख नाबा मुला भिबा तामदेन ए गाते प्राङबो मुला भिबा ताम ङादा था मुला। तर पाङ्‌नोन तोःमा ए फ्‍युक्‍पोन मुला। यहूदी आहिन्‍सै यहूदी हिन्‍ना भिसी भ्रबा म्‍हिगदेसे एदा गाते बिरोध लमुला भिबा तामएनोन ङादा था मुला। थेनीगदे मी शैतानना म्‍हिगदे हिन्‍ना।