Revelation 20:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिलाई ठग्ने त्यो दुष्ट शैतानचाहिँ आगो र गन्धकको कुण्डमा फ्याँकियो, जहाँ त्यो जनावर र झूटा अगमवक्ता पहिल्यै फ्याँकिएका थिए। तिनीहरूले रात-दिन सधैँभरि दु:ख-कष्ट भोगिरहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि शैतान जसले मानिसहरुलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै पयाँकिएका थिए। त्यहाँ दिन रात सदासर्वदा तिनीहरुलाई सजाय भोगाइनेछ।
Nepali Tamang 2011
य्हुल य्हुलला म्हिगदेदा फसब लबा थे शैतानदा चा गन्धकला लुङ्बा मेला घ्योइरी भ्याङ्जी। थेरी ङाच्छान थे लोङ्बा खबा जन्तुदेन लुसीला ताम पाङ्बा अगमवक्तादा भ्याङ्बा मुबा। थेरी थेनीगदेसे धिन म्हुन सदन सजाय नातोःला।