Revelation 20:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मरेका साना र ठूला सबै सिंहासनको अगाडि उभिरहेको मैले देखें अनि पुस्तकहरू खोलिएका थिए, अनि अर्को एउटा पुस्तक पनि खोलियो जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका उनीहरूका कामअनुसार मरेकाहरूको न्याय गरिँदै थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो।
Nepali ERV (पवित्र बाइबल)
अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।
Nepali Tamang 2011
ङाइ घ्रेन जजा जम्मान सिबागदे थे ठिला ङाच्छापट्टि राप्सी चिबा म्राङ्जी। थेरी किताबगदे ठोङ्सी थान्बा मुबा, ओच्छे अर्गु किताब गिकएनोन ठोङ्जी। थे किताबला मिन चा जुकजुकधोनाला जुनी हिन्ना। थे जम्मान किताबगदेरी थेनीगदेसे लबा गेला बारेरी भ्रिबा मुबा, थे गेगदे अन्छारनोन सिबागदेला निसाफ लजी।