Revelation 20:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्रले त्यसका मुर्दाहरू सुम्पिदियो, मृत्यु र पातालले आफूसँग राखेका मुर्दाहरूलाई सुम्पिदिए र सबैको आ-आफूले गरेका कामअनुसार न्याय भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो।
Nepali ERV (पवित्र बाइबल)
समुद्रले ती मृत मानिसहरुलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरुसंग भएका मृत मानिसहरु दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो।
Nepali Tamang 2011
समुन्द्रसे ह्राङदेन छ्याम मुबा सिबागदे दोःसी पिन्जी, कालदेन सिबा म्हिगदेला आत्मा चिबा ग्लासेनोन ह्राङदेन छ्याम मुबा सिबागदे दोःसी पिन्जी। ओच्छे थेनीगदे जम्मालान ह्राङ ह्राङसे लबा गे अन्छार निसाफ लजी।