Revelation 20:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले जाति-जातिलाई अबदेखि नठगोस् भनेर स्‍वर्गदूतले त्‍यसलाई गहिरो भड्खालामा फ्‍याँकिदिए र ढोकामा ताल्‍चा मारेर मोहर लगाइदिए। एक हजार वर्ष बितिसकेपछि अलिबेरको निम्‍ति त्‍यो फुकाइनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्‍यसलाई अतल कुण्‍डमा फालिदिए, र त्‍यो कुण्‍ड बन्‍द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्‍त्‍य नभएसम्‍म जाति-जातिहरूलाई त्‍यसले बहकाउन नपाओस्‌। त्‍यसपछि केही समयको निम्‍ति त्‍यसलाई फुक्‍का गरिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यसलाई त्यस नरक कुण्डमा फालिदिए; अनि एक हजार वर्ष नबितुन्जेल राष्ट्रहरूलाई नछलोस् भनेर त्यो अतल कुण्ड बन्द गरी त्यसमाथि छाप लगाइदिए। त्यसपछि केही समयको लागि त्यसलाई फुक्‍का गरिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूतले त्यो सर्पलाई त्यो अतल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गदूतले सर्पलाई ताला लगाई दिए ताकि एक हजार र्वषसम्म राष्ट्रहरुलाई छल्न नसकोस। एकहजार र्वषपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ।
Nepali Tamang 2011
थे अजिङ्‍गरसे दाहेन्‍से य्‍हुल य्‍हुलला म्‍हिगदेदा फसब थालगै भिसी हजार गिक दिङधोनाला लागिरी स्‍वर्गदूतसे थेदा ल्‍हानान नुप्‍बा व्‍हाङरी भ्‍याङ्‍सी थे व्‍हाङला म्रापरी ताल्‍चा लसी लाहा छाप लजी। ओच्‍छे हजार गिक दिङ छ्‌योमाहेन्‍से थेदा ला न्‍ही सोमला लागिरी पुइतोःला।