Revelation 20:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले सिंहासनहरू देखें र तीमाथि बस्‍नेहरूलाई न्‍याय गर्ने अधिकार दिइएको थियो। येशूद्वारा प्रकाशमा ल्‍याइएको सत्‍यता र परमेश्‍वरको वचन सुनाएको कारणले मारिएकाहरूका आत्‍मा पनि मैले देखें। उनीहरूले जनावर वा त्‍यसको मूर्तिलाई पुजेका थिएनन् नता उनीहरूले आफ्‍ना निधार वा हातमा त्‍यसको चिन्‍ह लाएका थिए। उनीहरू फेरि जिउँदो भएर उठे अनि एक हजार वर्षसम्‍म ख्रीष्‍टसित राज्य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले सिंहासनहरू र त्‍यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्‍ति र परमेश्‍वरका वचनको निम्‍ति शिर काटिएकाहरू, र त्‍यो पशु र त्‍यसका मूर्तिको पूजा नगर्नेहरू र त्‍यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्‍माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग एक हजार वर्षसम्‍म राज्‍य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले सिंहासनहरू देखेँ; अनि ती सिंहासनहरूमा मैले न्याय गर्ने अख्तियार पाएकाहरूलाई बसिरहेको देखेँ। अनि मैले येशूको गवाहीको निम्ति र परमेश्‍वरको वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरूलाई देखेँ। तिनीहरूले त्यस पशु वा त्यसको मूर्तिको आराधना गरेका थिएनन्; अनि आफ्ना निधारहरू र हातहरूमा त्यसको छाप लगाएका थिएनन्। तिनीहरू फेरि जीवित भए, र ख्रीष्‍टसित एक हजार वर्षसम्म राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
तब मैले केही सिंहासनहरु जहाँ मानिसहरु बसेको देखें। यी मानिसहरु तिनीहरु थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरुको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरु येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरुले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरुले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरु फेरि जीवित भए अनि ख्रीष्टसंग एक हजार र्वष सम्म शासन गरे।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ ठिगदेदेन ठिथोरी धन्‍छ्‌याबागदे म्राङ्जी। थेनीगदेला निसाफ लबा अधिकार पिन्‍बा मुबा। ओच्‍छे ङाइ येशूला सत्‍य तामदेन परमेश्‍वरला बचन थेःना लबासे लमा थोबो थासी साइबागदेला आत्‍मागदे म्राङ्जी। थेनीगदेसे थे समुन्‍द्रग्‍याम थोन्‍बा लोङ्‌बा खबा जन्‍तुदेन थेला मूर्तिदा आतेन्‍बा मुबा ओच्‍छे ङोदेन यारी थेला छापएनोन लबा आरेबा। थे आत्‍मागदे दोःसी सोजी ओच्‍छे हजार गिक दिङधोना ख्रीष्‍टदेन छ्‌याम शासन लजी।