Revelation 20:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो पुनरुत्थानमा बाँचेर उठ्नेहरू धन्य हुन्। दोस्रो मरणले उनीहरूलाई केही गर्न सक्दैन। उनीहरू परमेश्वर र ख्रीष्टलाई मान्ने पूजाहारी हुनेछन् र उहाँसित एक हजार वर्षसम्म राज गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरु जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरु धन्य अनि पवित्र हुन्। यी मानिसहरुमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरु परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरु हुनेछन्। तिनीहरुले एक हजार र्वषको निम्ति शासन गर्नेछन्। शैतानको पराजय
Nepali Tamang 2011
ङाच्छारेम सिबाग्याम सोबागदे चा परमेश्वरग्याम मोलम याङ्बागदेदेन ह्राङला लागिरी फेसी थान्बा म्हिगदे हिन्ना। थेनीगदेदा दोःसी कालला शक्तिसे तिगै लआखम। तर थेनीगदे परमेश्वरदेन ख्रीष्टला पूजा लबा म्हि दोला ओच्छे ख्रीष्टदेन छ्याम हजार गिक दिङधोना शासन लला।