Revelation 21:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको वरिपरि ठूलो अग्लो पर्खाल थियो। पर्खालका बाह्र ढोका थिए र हरेक ढोकाको हेरचाह एक-एक स्वर्गदूतले गर्थे। ती ढोकामा इस्राएलका बाह्र कुलका नाउँहरू लेखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो, र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको विशाल र अग्लो पर्खाल थियो, जसमा बाह्र वटा मूलढोकाहरू थिए, र प्रत्येक ढोकामा एक-एक स्वर्गदूत थिए। ती प्रत्येक ढोकामा एक-एक कुलका नाम गरेर इस्राएलका बाह्र कुलका नाम लेखिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो नगरमा बाह्र ढोकाहरुसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरु थिए। प्रत्येक ढोकामा इस्राएलीहरुका बाह्र वंशहरु मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।
Nepali Tamang 2011
थे शहरला क्युर्नोन च्युक न्ही म्राप थान्सी स्होबा घ्रेन घ्रेन नोबा पर्खाल मुबा। थे म्रापदङसेन गोर गिक गिक स्वर्गदूत मुबा। थे म्रापदङसेन इस्राएलला च्युक न्ही वंशला मिन भ्रिबा मुबा।