Revelation 21:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सहर चारकुने थियो र यसको चौडाइ र लम्बाइ बराबर थियो। स्वर्गदूतले यस टाँगोले नाप्दा दुई हजार चार सय किलोमिटर लामो र त्यत्ति नै चौडा र त्यति नै उच्चाइ रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सहर वर्गाकार थियो। त्यसको चौडाइ र लमाइ समान थियो। तिनले त्यस टाँगोले नाप्दा त्यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ बराबर थियो। तिनले त्यस लट्ठीले सहरहरूलाई नापे, र त्यो दुई हजार दुई सय किलोमिटर पाए। त्यसको लम्बाइ, चौडाइ र उचाइ एकसमान थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लभ्बाई र चौडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।
Nepali Tamang 2011
थे शहर चारपाटे मुबा। थे शहरला लम्बाइदेन चौडाइ च्योच्यो मुबा। थेसे थे दप्बा स्हेसे शहर दप्मा हजार न्हीसे ग्यार्जा ब्लि किलोमिटर मुबा। थे शहरला लम्बाइ, चौडाइदेन नोबा च्योच्यो मुबा।