Revelation 21:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो सहरमा उज्यालो पार्न घाम र जूनको खाँचो पर्दैनथ्यो किनभने परमेश्वरको महिमा त्यहाँ चम्कन्छ र बत्तीचाहिँ थुमा नै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंडाको पाठा नगरको बत्ती हो।
Nepali Tamang 2011
थे शहरदा य्हाल तना लबाला लागिरी धिनीदेन लनी आतोः। तिग्दा भिसम परमेश्वरला य्हालदेन शक्तिसेन थे शहरदा य्हाल तना लमुला। थे शहरला नाङसल चा थार्बा पिन्बा ग्यु बोगो ह्राङनोन हिन्ना।